Latest News

कांग्रेस प्रदेश १–काठमाडौं सम्पर्क समितिको सभापतिमा रिजाल, प्रवक्तामा को ?

Nepalese Times June 13, 2022 (2 Year ago)    507 Views

काठमाडौं । निर्मल रिजालको सभापतित्वमा प्रदेश नम्बर १ काठमाडौं उपत्यका सम्पर्क समिति गठन गरिएको छ ।

नेपाली काँग्रेसका प्रदेश नम्बर १ का १४ वटै जिल्लालाई समेट्ने गरी रिजालको सभापतित्वमा प्रदेश नम्बर १ काठमाडौं उपत्यका सम्पर्क समिति गठन गरिएको हो । रिजाल पाँचथर काठमाडौं सम्पर्क समितिका सभापतिसमेत हुन् ।

सम्पर्क समितिको उपसभापतिमा काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्य, अर्का उपसभापतिमा झापा काठमाडौं सम्पर्क समितिका सभापति दिपक उप्रेती चयन भएका छन् ।

समितिको महामन्त्रीमा ताप्लेजुङ काठमाडौं सम्पर्क समितिका सभापति भक्ती भट्टराई चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा भक्त राना, सदस्यहरूमा मोरङ काठमाडौं सम्पर्क समितिका सभापति बिनोद कुमार भट्टराई, भोजपुर काठमाडौं सम्पर्क समितिका सभापति केदार कार्की, तेह्रथुम काठमाडौं सम्पर्क समितिका सभापति गणेश घिमिरे र काँग्रेस संखुवासभा काठमाडौं सम्पर्क समितिका सभापति भानु कालाखेती चयन भएका छन् ।

यस्तै काँग्रेस खोटाङ काठमाडौं सम्पर्क समितिका सभापति काशीनाथ आचार्य, काँग्रेस इलाम काठमाडौं सम्पर्क समितिका सभापति समीप घिमिरे, काँग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका सभापति भिम थापा, काँग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति मनोज खड्का, नेपाली काँग्रेस सुनसरी काठमाडौ सम्पर्क समितिकी सदस्य अदिता आचार्य रहेका छन् ।

सम्पर्क समितिको प्रवक्तामा उपाध्यक्ष बाबुराम आचार्यलाई चयन गरिएको छ ।

सम्पर्क समितिको शनिवार सम्पन्न पहिलो बैठकले विधान मस्यौदा समितिको संयोजकमा उपासभापति दिपक उप्रेती, सूचना तथा सञ्चार विभागको संयोजकमा उपासभापति बाबुराम आचार्य, अर्थ समितिमा कोषाध्यक्ष भक्त रानालाई चयन गरेको छ ।

सभापति रिजालले काँग्रेसबाट आफूले के पाउनेभन्दा पनि के दिन सकिने भन्ने संस्कार सिकेर अगाडि बढेकाले प्रदेश १ पार्टीसँग समन्वय गरेर प्रदेश नम्बर १ मा काँग्रेसलाई थप मजबुत बनाउँदै अगाडि बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस