Latest News

एकीकृत समाजवादीसँग एकता हुन्छ ? ओलीले दिए यस्तो जवाफ

Nepalese Times June 10, 2022 (2 Year ago)    768 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको एकता सम्भावनाबारे बोलेका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘पोहोर फुटेको होइन ?’ तर अहिले नेताहरुले वाम गठबधन, एकताको कुरा गर्न थालेको छन् नि भन्ने प्रश्नमा ओलीले पार्टी प्रवेशमा रोक नलगाएको बताए ।

ओलीले अघि भने, ‘कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टीमा आउन सक्नुहुन्छ ।’ तर माधव नेपालजस्तालाई पार्टीमा कुनै ठाउँ नरहेको बताए।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन्। उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरु वामपन्थी नभएको जिकिर गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत (समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताए। उनले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए।

उनले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गरे।

उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस