Latest News

मेयरको टिकट नपाएपछि रामवीर मानन्धनले गरे यस्तो माग, पाउलान् त जिम्मेवारी ?

Nepalese Times June 10, 2022 (2 Year ago)    559 Views

काठमाडौं । नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन माग गरेका छन् ।

उनले आफू पनि महानगरपालिकाको मेयरको आकांक्षी भए पनि नपाएको उल्लेख गर्दै संसदले आफ्नो नेतृत्वमा फोहोर व्यवस्थापन समिति बनाए काम गरेर देखाउने बताए ।

“फोहोर व्यवस्थापन गर्न सक्ने मै हुँ, मेयरको लागि म पनि आकांक्षी थिएँ, हुन सकिन । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् । फोहोर मैला व्यवस्थापन गर्न सक्ने मै हुँ समिति बनाओस् । यो व्यवस्थापन मैले गर्न सक्छ,” संसदको बैठकमा उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सिसडोल र बञ्चरेडाँडाका स्थानीयको जग्गा अधिग्रहणका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

यही वर्षको बजेटबाट जग्गा अधिग्रहणका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्नका लागि थापाले माग गरेका हुन्।शुक्रबार शहरी विकास मन्त्रालयमा आयोजित सर्वपक्षीय बैठकमा सहभागी हुँदै थापाले बजेट माग गरेका हुन्। स्थानीयहरुले तत्काल विश्वास गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले काम प्रारम्भ गर्ने लिखित निर्णय गर्न सुझाए।

‘अहिले यति छलफल भइसकेपछि स्टेरिङ कमिटीको एउटा बैठक राखेर खासगरी जग्गा अधिग्रहण र अन्य विषयलाई लिएर थप क्यालिफाइ गरेर यसै वर्ष बजेट छुट्याउने र काम प्रारम्भ गर्ने भन्ने निर्णय गरिनुपर्छ,’ उनले भने, ‘जुन कुराले हामीलाई त्यहाँ अनुगमनमा जानका लागि र स्थानीयलाई विश्वास दिलाउन सहज हुन्छ।’

विश्वासको संकट भएकाले जग्गा अधिग्रहणकै लागि अहिले नै बजेट राखिनुपर्ने थापाले बताएका छन्। खासगरी नुवाकोटको सिसडोल र धादिङको बञ्चरेडाँडाका स्थानीयले यसअघि पनि सरकारले पटक पटक सहमति गरेर कार्यान्वयन नभएको गुनासो गरेका थिए।

यसअघि गत सोमबार शहरी विकास मन्त्रालयमा भएको सहमतिलाई पनि स्थानीयले मानेका थिएनन्।

प्रतिक्रिया दिनुहोस