Latest News

राष्ट्रपतीय निर्वाचनको मिति तोकियो, को बन्लान् नयाँ राष्ट्रपति ?

Nepalese Times June 10, 2022 (1 Year ago)    795 Views

काठमाडौं ।  भारतमा १६ औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भने, “नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।”

भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार ७०० हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बीत भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ ।

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता यही जुन २९ मा गर्नुपर्ने गरी निर्वाचन तालिका बनाइएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने जुलाई २ मा मात्रै हुने भएको छ ।

अहिले सन् २०२२ मा राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि प्रमुख आयुक्त कुमारले बताए ।

यस्तै राष्ट्रपति सी चिनफिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् ।

सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको ज्योपोलिटिकल इन्फो डटले जनाएको छ ।

विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् ।

यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस