Latest News

राप्रपाका अध्यक्ष लिङ्देनले यी ४ नेतालाई पनि दिए विभिन्न विभागको जिम्मेवारी, कुन विभागमा को ?

Nepalese Times June 9, 2022 (2 Year ago)    3825 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले थप ४ वटा विभागमा नेतृत्व मनोनित गरेका छन् ।

पार्टीको विधान बमोजिम उनले स्थानीय तह परिचालन विभागमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनित गरेका छन् ।

यस्तै उनले महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाहीलाई मनोनित गरेका छन् ।

यस्तै प्रमुख केन्द्रीय सदस्य डा राजेश गिरी शिक्षा विभागमा र ज्वाला संग्रौला सामाजिक विभाग प्रमुखमा मनोनित भएका पार्टी प्रवक्ता मोहन  श्रेष्ठले बताएका छन् ।

यसैगरी पार्टीको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाको संयोकत्वमा गठित विवाद समाधान तथा छानविन समितिलाई पूर्णता दिइएको छ ।

समितिमा महामन्त्री प्रल्हाद प्रसाद शाह सदस्य सचिव र ऋषि वावु परियार, केन्द्रीय सदस्य सरस्वती के।सी अधिकारी र वरिष्ठ अधिवक्ता राजु वस्नेत सदस्य रहेका छन् ।

यसअघि राप्रपा अध्यक्ष लिङ्देनले महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित गरेका थिए । अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा र उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुखमा नियुक्त गरेका थिए ।

यस्तै अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका थिए । राप्रपाले नजिकिँदो प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर विभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस