Latest News

विद्यालय र सरकारी कार्यालय सञ्चालनको समय फरक बनाऔं– प्रकाशमान सिंह

Nepalese Times June 9, 2022 (2 Year ago)    1151 Views

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विद्यालय र सरकारी कार्यालय सञ्चालनको समय फरक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ट्राफिक व्यवस्थापनका लागि यस्तो सुझाव दिएका हुन्।

फोहोर मैला र मूल्यवृद्धिको समस्या खोपीरहेका नागरिकले ट्राफिक जामको समस्यासमेत भोगिरहेका उनले उल्लेख गरे।

फोहोर मैला व्यवस्थापन गर्न नसक्नु, बजरा भाउ नियन्त्रण गर्न नसक्नु एकतातिर छ भने ट्राफिक कन्जेसनका कारण एक ठाउँबाट अर्को ठाउँ जान धेरै समय लाग्ने उनले बताए ।

उनले भने, के कुरामा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु भने स्कुल जाने टाइमिङ र सरकारको अफिस सञ्चालन गर्ने टाइमिङमा फरक गरे ट्राफिकमा केही कमी आउँछ की ।’

प्रतिक्रिया दिनुहोस