Latest News

र्‍याल, सिंगान काढ्ने प्रधानमन्त्री चाहिंदैन भन्दै योगेश भट्टराईले प्रधानमन्त्री देउवालाई दिए कडा दनक

Nepalese Times June 8, 2022 (2 Year ago)    813 Views

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देशलाई काम गर्ने प्रधानमन्त्री चाहिएको बताएका छन्। विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा प्रतिनिधिसभामा जारी छलफलका क्रममा बुधबार सहभागी कृषि मन्त्रालयको कार्यक्रमबारे बोल्दै भट्टराईले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवातिर कटाक्ष गर्दै देशलाई काम गर्ने प्रधाामन्त्री चाहिएको बताएका हुन्। ‘हामीलाई र्‍याल, सिंगान काढ्ने प्रधानमन्त्री चाहिएको होइन’, उनले भने, ‘कृषकहरुका लागि मल ल्याउने प्रधानमन्त्री चाहिएको छ। तर यो वर्ष पनि मलबिनै कृषकको खेती लाग्यो।’

उनले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको पनि बताएका छन्। ‘रासायनिक मल खोज्न कृषि मन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौँ’, उनले भने, ‘मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ।’

धान, मकैसहितका बर्खे बालीका लागि आवश्यक मल ल्याउन नसकेको सरकारले त्यसमै माल खोजिरहेको आरोप लगाएका छन्।

उनले मलको अभाव भइरहेका बेला कृषिमन्त्री नै गायब भएको पनि बताएका छन्। ‘रासायनिक मल खोज्न कृषि मन्त्री भारततिर गएका छन् भन्ने हामीले सुनेका छौँ’, उनले भने, ‘मल खोज्न गएका कृषिमन्त्री उतै पो निर्वासित हुने हुन् किन भन्ने भएको छ।’

मलका लागि सरकारले माल खोजिरहेको कुरा उनले दोहोर्‍याएका छन्। ‘यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा माल खोजेको छ’, उनले भने, ‘सरकारले माल नबुझेसम्म मल आउँदैन।’

यस्तै नेपाली काँग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंबासीले आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

यस्तै नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस