Latest News

यी ९ वटा सहरमा इन्टरनेट बन्द हुन सक्ने, सार्वजनिक भयो यस्तो विज्ञप्ति

Nepalese Times June 7, 2022 (1 Year ago)    1062 Views

काठमाडौं । विभिन्न ९ वटा जिल्ला तथा सहरमा जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिइएको छ । निजी इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठन ुइन्टरनेट सेवा प्रदायक सङ्घ नेपालु (आईस्पान) ले जुनसुकै समय इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरधनीसमेतको विद्युत् लाइन काटेकाले जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने आइस्पानले जनाएको छ ।

आइस्पानका अनुसार लाइन काटिएको ठाउँमा जेनेरेटर, सोलार लगायतको माध्यमबाट तत्कालका लागि सेवा दिइरहेको र ब्याकअप पावर सकिनेबित्तिकै इन्टरनेट बन्द हुने भएको हो ।

विद्युत् पोल भाडासम्बन्धी विभिन्न मन्त्रालय र निकायका व्यक्ति सम्मिलित उच्चस्तरीय समितिको प्रतिवेदनअनुसार मात्र आफूहरू पोल भाडा तिर्न तयार रहेको आईस्पानले जनाएको छ ।

इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा इन्टरनेट सेवा बन्द हुनसक्ने आइस्पानको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ सार्वजनिक भएको विज्ञप्ति

अत्यन्त जरुरी सूचना। उल्लेखित ठाउँहरुमा कुनै पनि बेलामा इन्टरनेट सेवा बन्द हुन सक्ने सम्बन्धमा। नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरिय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढङ्गले हाम्रा इन्टरनेट प्वाइन्ट – Data Center, POP र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाईन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ।

नेपाल विद्युत प्राधिकरणले निम्न स्थानमा विद्युत लाईन काट्नाले त्यहाँ Backup system को प्रयोग भइरहेको छ। Backup system ले गर्दा मात्रै उक्त स्थानहरुमा इन्टरनेट चलिरहेको अवस्था हो।

स्थानहरु: इलाम, बिराटनगर . खोटाङ्ग, गाईघाट, इनारुवा धरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, बिराटचोक, रंगेलि,

Backup system ले धान्न छोडे पछी यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने कुरा ग्राहक महानुभावहरु र सम्बन्धित सबैलाई दुःखका साथ जानकारी गराउदछौं। द्रष्टव्यः इन्टरनेट सेवा प्रदायकहरु पोल भाडा तिर्न तत्पर छन् तर, नेपाल सरकारको उच्च स्तरिय समितिको प्रतिवेदन अनुसार भएमा मात्र।

 

 

प्रतिक्रिया दिनुहोस