Latest News

ट्रकको ठक्करबाट एकीकृत समाजवादीका नेताको ज्यान गयो, आन्दोलन सुरु

Nepalese Times June 7, 2022 (1 Year ago)    369 Views

काठमाडौं । ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको ज्यान गएको छ ।

सप्तरीको खडक नगरपालिका– ५ स्थित खरचुहिया सडक खण्डमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको ज्यान गएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट चौधरी सुरुंगा नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

उनको ज्यान गएलगत्तै स्थानीयले सोमबार अबेरसम्म पूर्व–पश्चिम राजमार्ग अबरूद्ध गरेका छन् । चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

उनको घटनास्थलमै ज्यान गएपछि स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन् ।

घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलन गरेका थिए । आज बिहान अवस्था सामान्य छ ।

प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस