Latest News

सकियो माओवादी पूर्व स्थायी कमिटी बैठक, के- के भयो छलफल ?

Nepalese Times June 5, 2022 (2 Year ago)    449 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरुको छलफल सकिएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुलमटारमा बसेको बैठकमा पार्टीको आन्तरिक ब्यवस्थापनसम्बन्धी छलफल भएको पूर्व स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले जानकारी दिए।

यो बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे पनि छलफल भएको छ। ‘अखिलमा देखिएको विवादबारे दुई पक्षबीच बसेर छलफल गर्ने भनिएको छ,’ पोखरेलले भने, ‘छलफल गरेर चाँडोभन्दा चाँडो समाधान गर्नेगरी केहीबेर छलफल भयो।’

पोखरेलका अुनसार पदाधिकारी चयनबारे आजको बैठकमा छलफल भएको छैन। अखिल क्रान्तिकारीको अक्ष्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएदेखि नै असन्तुष्ट पक्षले विरोध गर्दै आएको थियो।

विवाद चुलिएसँगै असन्तुष्ट पक्षले प्रचण्डको फोटो राखेर समानान्तर कार्यक्रम नै आयोजना गरिसकेको छ।

संगठनको पदाधिकारी चयनप्रति असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष पवन कार्की लगायत विद्यार्थी नेताहरुले जेठ २२ गते राजधानीमा ‘उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम’ घोषणा गरेका छन्।

यसबारे शीर्ष नेताहरुले छलफल गरे टुंग्याउने पोखरेलले बताए। अखिल क्रान्तिकारीको सम्मेलनले पञ्चा सिंहलाई अध्यक्षमा छानेदेखि पदाधिकारी चयन गर्न सकेको थिएन।

त्यसको करिब ४ महिनापछि जुममा भएको भर्चुअल बैठकका सहभागीहरुलाई म्युट हानेर महासचिवमा दिपेश पुनसिहतको नाम घोषणा भएको थियो। त्यसलाई लिएर अखिल क्रान्तिकारीमा रडाको चलिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस