Latest News

कृष्ण सिटौलाका विश्वास पात्रसहित २४ नेता-कार्यकर्ता राप्रपामा प्रवेश, कांग्रेसमा खैलाबैला

Nepalese Times June 5, 2022 (2 Year ago)    681 Views

काठमाडौं । भद्रपुर । नेपाली काँङ्ग्रेसको भातृसङ्गठन नेपाल तरुण दल झापा ३ नम्बर क्षेत्रीय सभापति खडक लिम्बु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

भद्रपुर वडा नम्बर २ का लिम्बुको ३० वर्ष नेपाली काँङ्ग्रेसको यात्रा शनिबारबाट टुंगिएको हो । उनी राजेन्द्र प्रसाद लिङ्देनले नेतृत्व गर्दै आएको राप्रपामा प्रवेश गरेका हुन् ।

तीन दशक लामो समय विभिन्न पदमा रहेर काम गरेपनि विपीको सिद्धान्तलाइ कुल्चिएर भाषण मात्र गर्ने परिपाटी बढ्दै गएपछि पार्टी परित्याग गर्नु परेको लिम्बुले बताएका छन् ।

पार्टीभित्र गुटबन्दी, एकल निर्णयलगायतका विषय मन नपरेपछि पार्टीमा वसिरहन उचित नलागेको उनले जनाए ।

अहिलेको परिवेशमा राप्रपाले उठाएको एजेण्डा मन मरेपछि पार्टी प्रवेश गरेको उनले वताए । लिम्बु तरुण दलको जिल्ला सदस्यबाट प्रवेश गरेर उनी पार्टीमा रहदै आएका थिए ।

उनी झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष लगायत दर्जन भन्दा बढी विभिन्न सङ्घ संस्थामा आवद्ध छन् ।

लिम्बुसँगै तरुण दल भद्रपुर नगर सचिव तथा झापा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष धमला तथा नेपाली काँङ्ग्रेस क्षेत्रीय प्रतिनिधि दिलकुमारी राइ गरी २४ जना राप्रपामा प्रवेश गरेका थिए । उनीहरुलाइ राप्रपाका अध्यक्ष लिङ्देनले स्वागत गरेका थिए ।

‍‍=============

==============

प्रतिक्रिया दिनुहोस