Latest News

ग्यासको मूल्य ४५ प्रतिशतले बढ्यो, विजुलीको शुल्क पनि झण्डै ८ प्रतिशतले बृद्धि

Nepalese Times June 4, 2022 (1 Year ago)    692 Views

काठमाडौं । पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी बृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्याँसको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्याँसको मूल्य बृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।

प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी (एसएसजीसी) ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म बृद्धि गर्दा अहिले विक्रि मूल्य १००७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ तय गरिएको मूल्य जुलाई १ देखि मात्रै लागू हुने पनि प्राधिकरणले जनाएको छ । त्यसैगरी विद्युत महशुलमा पनि बृद्धि गरिएको छ ।

विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत बृद्धि गरिएको जनाएको छ ।

दैनिक उपभोग्य ग्याँस र विजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य बृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य बृद्धि फिर्ता लिन माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस