Latest News

घट्ने भयो देशभरको इन्टरनेटको मूल्य, अब कति तिर्नुपर्ला ?

Nepalese Times June 2, 2022 (1 Year ago)    1055 Views

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।

इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल आइस्पानका अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा गरेका थिए ।

यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइने आइस्पानले जनाएको छ । यस्तै, आइस्पानले दूरसञ्चार सेवाशूल्क घटाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।

यस्तै सरकारको कर सम्बन्धी आर्थिक विधेयक, २०७९ ले अटो बजार थप महँगो बन्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९–८० का लागि अनुमानित आय व्ययसहितको कर नीति लिएको सरकारले गाडीको भन्सार शुल्कसँगै अन्तःशुल्कमा केही वृद्धि गरेको हो ।

आर्थिक विधेयक, २०७९ अनुसार दोस्रो वा तेस्रो मुलुकहरूबाट पैठारी ९आयात० हुने सवारी साधनहरू, दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे कार, जिप भ्यानदेखि इलेक्ट्रिक ९बिजुली० गाडीको समेत कर वृद्धि गरेको हो ।

यस्तो कर वृद्धि भन्सार शुल्कसँगै अन्तःशुल्कमा न्यूनतम ५ प्रतिशतदेखि २० प्रतिशतसम्मले वृद्धि भएको छ । विधेयक अनुसार दुई पाङग्रेमा मोटरसाइकल, स्कुटरको इन्जिन क्षमता ९सीसी० हेरी भन्सार शुल्क र अन्तःशुल्क दुबैमा न्यूनतम १० प्रतिशतदेखि २० प्रतिशतसम्मले वृद्धि गरिएको छ भने चार पाङ्ग्रेमा पनि न्यूनतम ५ प्रतिशतदेखि २० प्रतिशतसम्मले नै कर वृद्धि गरिएको छ ।

तर यता पेट्रोलियम पदार्थको खपतलाई कम गर्दै विद्युतीय ऊर्जाको खपतलाई बढावा दिने गरी विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिने बताउँदै आएको सरकारले आफ्नै नीति विपरीत विद्युतीय गाडीको समेत कर वृद्धि गरेको छ ।

यस्तो कर वृद्धि सरकारले विद्युतीय गाडीको भन्सार दर र अन्तःशुल्क दुबैमा वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस