Latest News

एमाले अध्यक्ष ओली र मेयर बालेनबीच गोप्य भेट, बालेनले गरेका थिए यस्तो प्रस्ताव !

Nepalese Times May 31, 2022 (2 Year ago)    725 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ।

यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर ल्याएका थिएनन्। भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो।

यी तस्बिर एमालेकी सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेपछि दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु भएको छ।

चुनावको समयमा बालेन पक्षसँग भेट भएको दुबै पक्षले पुष्टि गरेका छन्। बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ ।

चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो ।

समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दावी छ । बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए ।

तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो । समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दावी छ ।

============

===============

=======

===============

 

प्रतिक्रिया दिनुहोस