Latest News

हाँस्य अभिनेता घनश्याम गाैतमलाई ‘गाेधुली कला सम्मान २०७८’ प्रदान

Nepalese Times May 31, 2022 (1 Year ago)    687 Views

गाेधुली कला सम्मान ( २०७८) हाँस्य अभिनेता घनश्याम गाैतम लाई प्रदान गरिएको छ । झापा जिल्लाकाे सुन्दर नगर गाैरादहकाे जाेघरे गाउँमा बि स २०३८ साल असाेज १५ गते माता नरबदा गाैतम र पिता गँगा प्रसाद गाैतमकाेकाे चार भाइ छाेरा मध्येका कान्छा छाेरा काे रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गाैतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लाेकप्रिय छन् ।

बरिष्ठ रङ्गकर्मी बीरेन्द्र हमालकाे एम आर्ट थिएटरमा ३ बर्ष अभिनय काेेर्ष सिकेकाे गाैतम गितकार तथा सण्चारकर्मी पनि हुन् ।

सर्वनाम नाट्य सँस्थामा २०५५ सालदेखी सडक नाटक र मन्च नाटकहरु गर्दै आएका गाैतमले ५ हजार भन्दा वढि रेडियाे नाटकमा अभिनय गरिसकेका छन भने सयाैँ सडक नाटक र मन्च नाटक गरेका छन । अाफ्ना गुरु अशेष मल्ललाई अादर्श मान्ने गाैतम अाफ्नाे अामा र ठुलाे मामालाई प्रेरणाकाे श्राेत मान्दछन् ।

नाटक भित्रै आफ्नाे सन्तुष्टि भेट्ने गाैतम स्नातक तह सम्म अध्ययन सके पछि पढाइलाइ निरन्तरता दिन सकेनन् र निरन्तर नाटकमा लागिरहे । विभिन्न सँघ सँस्था तथा स्कुल कलेजहरुमा नाटक र अभिनय पढाउँदै अाएका गाैतम कलाकार सँग सँगै स्क्रिप्ट राइटर र निर्देशक पनि हुन् ।

बि.स.२०६७ साल बाट सानाे पर्दामा प्रचण्ड बनेर टेलिभिजन मार्फत उदाएका गाैतम टेलिचलचित्र “झ्याँईकुटी झ्याँई”, सिस्नुपानी, मेरी बास्सै, सुनाैलाै बिहानी,खास खुस, ट्वाक्क टुक्क रिट्नर्स, कमेडि गाईज, टेन टु फाइभ , डन्ट माईन्ड” ट्वाकेन्द्र निवास र गाेलमाल मा समेत अभिनय गरेका छन् । मेरी बास्सैमा प्रचण्ड बनेपछि चर्चाकाे शिखरमा पुगेका गाैतम अहिले सर्ट फिल्म तथा सामिजक फिल्मकाे स्क्रिप्ट तथा निर्देशन गरिरहेका छन् र चाँडै नै नयाँ हास्य सिरियल लिएर अाउँदै छन् । नेपालकाे पहिलाे ऐतिहासिक र्याली नाटककाे लेखन निर्देशन गरेर नाटककाे आयाममा नाैलाे प्रयाेग गरेका कलाकार गाैतम नेपाली रङ्गमन्चका एक एक सिद्दहस्त नाट्यकर्मी हुन् ।

आइतवार काठमाडौंमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलप्रति गंगाप्रसाद उप्रेतीले घनश्याम गौतम लाई प्रमाणपत्र,अविर टिकालगाएर पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस