काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचारबीच भेटवार्ता भएको छ ।
मेयरका रुपमा सपथ लिएलगत्तै मेयर बालेन शाहले भद्रकालीस्थित सैन्य मुख्यालय पुगेर प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा शाहले राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा नेपाली सेनाले गरेका कामको प्रशंसा गरेको बताइएको छ ।
उनले काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्भावित सहकार्यबारे पनि छलफल गरेका थिए । सो क्रममा प्रधानसेनापति शर्माले शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
बालेन्द्रले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । बालेनले काठमाडौंको चुनावी अभियानको क्रममा नै महानगरका सबै बैठकहरू पारदर्शी बनाउन लाइभ प्रसारण गर्ने भनेका थिए ।
यस्तै सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।