Latest News

एकाबिहानै कुवाङ भन्ने ठाउँमा भेटियो दुर्घटनाग्रस्त तारा एयरको जहाज

Nepalese Times May 30, 2022 (2 Year ago)    806 Views

काठमाडौं । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको ल्याङकु खोलाको मुहान क्षेत्र कुवाङ भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

स्थानीयवासी दुर्घटनास्थलबारे सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छन् ।कुवाङमा विमान भेटिएको जानकारी पछि सुरक्षाकर्मी दुर्घटनास्थलतर्फ लागेका छन् ।

आईतबार विहानदेखि सम्पर्कविहिन विमानको खोजीमा सोमबार विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरु लागेका छन् ।

खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएको थिएन् । आज विहानैदेखि विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी सुरु गरेका छन् भने स्थलमार्गबाट सुरक्षा निकाय तल्लिन छन्।

नेपाली सेनाका अनुसार आशंका गरिएका ठाउँ वरपर आज विहानैदेखि खोजी कार्य भइरहेको थियो। आजपनि उक्त क्षेत्रको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन् । दुर्घटनास्थल नजिकै सेनाको हेलिकप्टर ल्यान्ड गरेको छ ।

हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।

हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको तारा एअरले जनाएको छ ।

जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ।

विमानमा वाजभवी बन्देकर, ईन्द्र बहादुर घले, पुरुषेत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रमि श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् ।

यस्तै तारा एअरको जहाजमा प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममायाँ तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ रहेका छन् ।

चालक दलको सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एअरले जनाएको छ । तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस