Latest News

हराएको विमान जोमसोम विमानस्थलबाट ६ किलोमिट वर भेटियो

Nepalese Times May 30, 2022 (2 Year ago)    990 Views

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर विमान जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनमा परेको आंशका गरिएको छ ।

आइतबार बिहान १९ यात्रु बोकेर पोखराबाट उडेको जहाज जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर देखिएको अधिकारीहरुले बताएका छन् ।

नागरिक उड्डयन प्राधिकरणद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो घटनाका लागि स्थापना गरिएको खोज तथा उद्धार समन्वय केन्द्रलाई आइतबार साँझ साढे ६ बजे प्राप्त स्याटेलाइट इमेजले ताराको जहाज जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर ठोक्किएको देखाएको एक उच्च अधिकारीले बताए ।

प्राप्त भएको स्याटेलाइट इमेजले जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वरको लोकेसनमा जहाज ठोक्किएको इमेज पठाएको भन्दै ती उच्च अधिकारीले सोमबार जहाज खोजीका लागि जोमसोम र पोखराबाट हेलिकप्टर पठाउने बताए ।

जोमसोममा नेपाली सेनाको एमआई–१७ र फिसटेलको हेलिकप्टर तथा पोखरामा रहेको एयर डाइनेस्टीको एक र कैलास एयरका दुई हेलिकप्टर सोमबार बिहान परिचालन गरिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

सोमबार कुनै पनि निजी हेलिकप्टरले व्यवसायिक उडान गर्ने छैनन् । पहिले खोजी कार्य जारी हुने छ । अनि मात्रै व्यवसायीक उडान गर्न दिने निर्णय गरिएको उनले बताए ।

काठमाडौं विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि सोमबारसम्म मौसम खराब हुने भएकाले सतर्कता अपनाउन सबै वायुसेवा कम्पनीलाई सूचना पठाएको छ ।

अबका दिन महाशाखाको मौसम सम्बन्धी जारी गर्ने बुलेटिनलाई कडाईकासाथ पालना गराइने भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस