Latest News

लेतेमाथिको पहाडमा ठूलो आवाज आयो, दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइयो

Nepalese Times May 29, 2022 (2 Year ago)    668 Views

काठमाडौं पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ ।

टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् । सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो ।

विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक रहेका म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले बताए ।

तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स केही वर्षअघि नै विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।

नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी ९सुरक्षा० रेकर्डहरु अपेक्षा गरिएभन्दा धेरै नराम्रो छ । सुरक्षाका दृष्टिकोणले नेपाल एयरलाइन्सले एउटा मात्रै ‘स्टार’ पाएको छ । नेपाल एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको छ ।

यद्यपि नेपाल एयरलाइन्सले पछिल्ला २० वर्षमा एयरलाइन्स सेफ्टी रेकर्डमा उल्लेख्य मात्रामा सुधार गरेको पनि फोर्ब्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

नेपालकै अर्को विमान कम्पनी तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ । यसका ८ वटा एयरक्राफ्ट ९विमानहरु०ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।

फोर्ब्सले नेपालको तारा एयरलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीहरुको सूचीमा पहिलो नम्बरमा राखेको छ भने नेपाल एयरलाई दोस्रो नम्बरमा राखेको छ ।

तारा र नेपाल एयरलाइन्सपछि एरियाना अफगान एयरलाइन्स, दक्षिण अमेरिकी राष्ट्र सुनामको ब्लु विङ्स एयरलाइन्स, अफगानिस्तानकै काम एयरलाइन्स, इन्डोनेसियाको ट्रिगाना एयर, कजाकिस्तानको एससीएटी एयरलाइन्सलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस