Latest News

सुमन सायममीले संसदीय चुनावमा उम्मेदवारी दिने, बालेनको विजय र्‍यालीमा जानुको रहस्य यस्तो !

Nepalese Times May 28, 2022 (1 Year ago)    739 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाके मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भए । उनले सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारभन्दा अत्याधिक मत ल्याएर विजयी भए ।

बालेन साहको विजय रालीमा देखिएको एउटा दृश्यले राजनीतिक वृतमा नै नयाँ तरंग पैदा भइरहेको छ । मेयरको प्रचारका क्रममा खासै चर्चामा नआएका तर मतपरिणाममा निर्णायक भूमिका खेलेका भनिएका सुमन सायमि बालेनको धन्यावाद र्यालीमा सहभागि भएसँगै नयाँ चर्चा भइरहेको हो ।

काठमाडौंको नेवा भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा लामो समयदेखि आन्दोलन गर्दै आएका सायमि आँखीझ्याल चिह्न लिएर उठेका थिए। उनले १३ हजार ७ सय ७० मत ल्याए।

आफूसँगै प्रतिस्पर्धामा सामेल सायमि शुभकामना दिन आएपछि बालेनले आफ्नो विजय जुलुसमा सहभागी हुन आग्रह गर्दै भने, ’हामी दुवै स्वतन्त्र उम्मेदवार। तपाईं र मेरो उद्देश्य पनि एउटै। आउनुस् विजय जुलुसमा सँगै हिँडौं।’

मेयरका विजयी र पराजित उम्मेदवार एउटै गाडीमा सँगसँगै सवार तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले बालेन र सायमिको सौहार्द सम्बन्धको तारिफ गरे। कतिपयले काठमाडौंलाई राम्ररी चिनेका र यहाँको स्थानीय मुद्दा उठाउँदै आएका सायमिसँग बालेनले सहकार्य गरेर अघि बढ्नुपर्ने राय पनि दिएका छन् ।

यसबीचमा बालेन साह र सुमन सायमीबीचको अर्को रहस्य खुलेको छ । सायमीले केही महिनाभित्र हुन गइरहेको संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसबेला सायमीलाई सहयोग गर्ने बालेनको वचन रहेको छ ।

महानगरपालिकाको मेयर पदमा पराजित भए पनि संसदीय चुनावमा कुनै पनि हालतमा विजयी हुने उदेश्यसहित सायमीले बालेनसँग प्रस्ताव गरेको खुलेको छ । त्यसमा बालेनले पनि सायमीलाई सहयोग गर्ने भनेका छन् ।

सुमन सायमीले काठमाडौंको कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेका छन् । उनीसँगै अरु केही युवाहरुले पनि देशभरबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी भएको बुझिएको छ ।

यस्तै सामाजिकत संजालमार्फत नै पूर्वसचिव भिम उपाध्यायलेसमेत अबको पात्र सुमन सायमी भनेर सार्वजनिक गरेका छन् । फेसबुकमा उनको यस्तो स्टाटसले पनि अब संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा सुमन सायमीलाई जिताउने संकेत गरेको छ । उनै उपाध्याय हुन् जसले बालेनलाई निर्वाचित गराउन ठूलो भूमिका खेलेका छन् ।

त्यसो त चुनावअघि पनि बालेन र सायमीबीच छलफल भएको थियो । दुईमध्ये एकले अर्कालाई समर्थन गर्ने सम्भावनाका विषयमा चर्चा भए पनि त्यो सम्भव भएन । सायमीले बालेनलाई समर्थन गर्नेबारे नसोचेका होइनन्, काठमाडौंका विभिन्न गुठी र विभिन्न संस्थाबाट निर्णय भएर उनी उम्मेदवार बनेका थिए । त्यसैले ब्याक हुन सहज थिएन । बालेनको राम्रो माहोल बनिरहेकाले उनी पछि हट्ने कुरै आएन ।

काठमाडौंका कोर एरियामा सायमीको प्रभाव देखिएको छ । उनले ल्याएको अधिकांश भोट पनि कोर एरियाभित्रकै वडाहरूका हुन् । लामो समयदेखि काठमाडौंको संस्कृति र सम्पदा संरक्षणमा सक्रिय अभियन्ता भएकाले महानगरको नेवा समुदायमा उनी लोकप्रिय छन् । केही समयअघि प्रहरी चौकीभित्र नेवारी भाषा बोलेको आरोपमा सायमी एक साता प्रहरी हिरासतमा बसेका थिए ।

बालेनजस्तै सायमी पनि कुनै पार्टीसँग निकट छैनन् । यद्यपि, उनी राजनीतिक परिवारका सदस्य हुन् । काठमाडौंको कालीमाटी स्थित उनको घर पञ्चायतकालमा कम्युनिस्ट नेताहरूको सेल्टर थियो । उनका पिता कम्युनिस्ट नेता हुन् । तर, सायमी आफू भने राजनीतिबाट सधैँ टाढा रहे ।

प्रतिक्रिया दिनुहोस