Latest News

मेयरमा बालेन साहले जितेपछि केशव स्थापितले जब यसो भने…

Nepalese Times May 27, 2022 (1 Year ago)    553 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार केशव स्थापितले मेयर बालेन साहलाई शुभकामना दिएका छन् ।

नवनिर्वाचित मेयर वालेन्द्र साहलाई शुभकामना दिँदै उनले काठमाडौंको विकास र समृद्धिमा चाल्ने सकारात्मक कदममा सहयोग गर्ने बताएका छन् ।

चुनावीको अन्तिम परिणाम सार्वजनिक भएपछि शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै साहले विपक्षी मतदाताको मन जित्ने काम गर्ने अपेक्षा लिएको बताएका छन् ।

पाँच वर्षे कार्यकालमा विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्न आग्रह गर्दै उनले काठमाडौंको विकास र समृद्धिसँगै तहरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताए ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७ सय ६७ मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह रहिन् । एमालेका स्थापित तेस्रो रहे ।

आफू पटकपटक धुलो टक्टक्याएर उठेको व्यक्ति भएको भन्दै स्थापितले आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएको बताए ।

यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’

जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्,’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।’

युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने डंगोलको जिकिर छ । खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न सुझाव दिंदै युवाहरूलाई उनलाई आग्रह गरिन्, ‘एक अर्कालाई खुट्टा तान्ने र आलोचना गर्नेमा हाम्रो इनर्जी खर्च गर्नहुँदैन । क्रियटिभ र इनोभेटिभ काममा लाग्नुपर्दछ । युवाले राजनीतिमा लाग्नु हुँदैन भन्ने मानसिकता नराखेर युवा अघि बढेकाले आशाको दीप बढेको छ । यो दीपलाई कदापी मर्न दिने छैनौं ।’

प्रतिक्रिया दिनुहोस