Latest News

काठमाडौं महानगरमा एकीकृत समाजवादीले पनि खोल्यो खाता, विजयी भएका ईश्वरले कति पाए मत ?

Nepalese Times May 26, 2022 (1 Year ago)    819 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि खाता खोलेको छ । काठमाडौं महानगरमा एकीकृत समाजवादीको पहिलो र एक मात्र वडाध्यक्षका रूपमा ईश्वरमान डंगोल विजयी भएका छन् ।

उनले वडा नम्बर १५ बाट डंगोलले जित हासिल गर्दै पार्टीको बीउ जोगाएका हुन् । भर्खरै सम्पन्न भएको मतगणना अनुसार डंगोलले ३४७६ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ भोट आयो ।

ईश्वरमान यसअघि पनि वडा नम्बर १५ का वडाध्यक्ष हुन् । यस स्थानीय चुनावमा उनी उपमेयर पदका आकांक्षी थिए । तर, टिकट नपाएपछि वडाध्यक्षमै उठे । आफ्नो वडामा उनी निकै लोकप्रिय छन् ।

मेयरमा यस वडामा सबैभन्दा बढी स्वतनत्र उम्मेदवार बालेनले भोट ल्याएका छन् । उनले २१०६ भोट ल्याउँदा एमालेका केशव स्थापितले १५६८ र कांग्रेसकी सिर्जना सिंहले १५०९ भोट ल्याइन् । काठमाडौं महानगरका निवर्तमान ३ जना वडाध्यक्ष नेकपा एस प्रवेश गरेका थिए । तीमध्ये टिकट चुनाव जित्ने उनीमात्र हुन् ।

यस्तै गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमको भनाइ छ ।

निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो । कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ ।

महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौवटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडाध्यक्ष एमाले, तीन वडाध्यक्ष कांग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस