Latest News

काठमाडौंको अर्को वडा पनि कांग्रेसले जित्यो, रिजाल भए विजयी

Nepalese Times May 26, 2022 (1 Year ago)    704 Views

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकामा १८ वटा वडा जितेको छ । पछिल्लो मतपरिणाममा वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

रिजालले ४००५ मत ल्याएर जित हासिल गर्दा एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ मत ल्याए । सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।

यो वडामा कुल १२ हजार ३ सय ३६ भोट खसेको थियो । मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ । अहिलेसम्म १८ वटा वडामा जित हासिल गर्दा एमाले १२ वडा मात्रै जितेको छ ।

यस्तै गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमको भनाइ छ ।

निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो । कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् ।

कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ ।

महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौवटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडाध्यक्ष एमाले, तीन वडाध्यक्ष कांग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस