Latest News

फेरि बढ्यो सार्वजनिक गाडीको भाडा, कहाँको कति ? (सूचीसहित)

Nepalese Times May 24, 2022 (3 Year ago)    1075 Views

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि बढेको छ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै लामो दूरीका सवारीसाधनको भाडादर बढेको हो। यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत भाडा बढाइएको छ ।

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ।

विभागका अनुसार वृद्धि भएको भाडादर मंगलबारबाटै लागू हुने भएको छ। विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

‍‍

====

====

‍‍‍‍—–

‍‍‍

प्रतिक्रिया दिनुहोस