Latest News

मन्त्रिपरिषद् बैठक सकियो, के–के भयो निर्णय ?

Nepalese Times May 24, 2022 (1 Year ago)    621 Views

काठमाडौं । मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् । जेठ १० गते अगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।

यस्तै जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय चुनावमा आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चार माध्यमसहित सबैलाई धन्यवाद दिने निर्णय गरेको छ।

यस्तै सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्डबाट सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले बताए ।

त्यस्तै, विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर अर्थात करीब ३३ अर्ब रुपैैयाँ ऋण सहायताका लागि वार्ता टोली गठन गर्ने निर्णय भएको मन्त्री कार्कीले बताए ।

यस्तै जेठ ९ देखि १३ सम्म थाईल्याण्डको बैंककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर दिलबहादुर गुरुङको नेतृत्वको प्रतिनिधिमण्डल पठाउने निर्णय भएको मन्त्री कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए । यस्तै ससस्त्र प्रहरी नायब महानिरिक्षक नारायणदत्त पौडेललाई अतिरिक्त महानिरिक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस