Latest News

मनोज पाण्डेविरुद्धको जाहेरीमा पीडितको बयान प्रमाणित, के होला कारबाही ?

Nepalese Times May 23, 2022 (1 Year ago)    547 Views

काठमाडौं । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध काठमाडौं अदालतमा पीडित युवतीले आज बयान दिएकी छिन् । पीडित किशोरी आफै अदालतमा पुगेर बयान दिएकी हुन् ।

उनको बयानलाई अदालतले प्रमाणित गरेको छ । बयान प्रमाणित भएसँगै ओरोपीलाई उक्त मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन पाउँछ ।

पीडितले मानव वेचबिखन तथा ओसार प्रसार नियन्त्रण कसुरमा जाहेरी दिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा युवतीले पाण्डेविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगितापछि सक्सेस पार्टी भनेर युवतीलाई बोलाएर एभरेष्ट होटलमा बलात्कार गरेको युवतीले आरोप लगाएकी छिन् ।

पाण्डेलाई गत जेठ ७ गते नै प्रहरीले पक्राउ गरेको छ । प्रतियोगितामा सहभागी भई दोस्रो भएकी एक युवतीले पाण्डेविरुद्ध आफुमाथी पटक–पटक बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेको थियो ।

पाण्डेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी नाबालिगले पनि जाहेरी दिएकी छन् । पाण्डेले ‘यौन दुर्व्यवहार’ गरेको आरोप लगाएर नाबालिगले जाहेरी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस