Latest News

भरतपुर महाननगरको विहानी अपडेटः अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 23, 2022 (2 Year ago)    663 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा अहिले पनि मतगणना चलिरहेको छ । सोमवार बिहानसम्ममा १ लाख ६ हजार ८७९ मत गणना भएको छ ।

जारी मतगणनामा महानगरको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तरले अगाडि छिन् । दाहालले ४३ हजार ६१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३ हजार २३९ मत पाएका छन् । सुवेदीभन्दा दाहाल ९ हजार ८२२ मतले अगाडि छिन् ।

मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २६६ मत ल्याएका छन् । कांग्रेस सहितको गठबन्धनले मेयर पदमा दाहाललाई उठाएपछि पौडेल कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए ।

यस्तै महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार ५९१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले २६ हजार ३२२ मत ल्याइन् । गुरुङसँग अधिकारीले १८ हजार २६९ मतको अग्रता कायम राखेका छन् ।

स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा नेकपा एमालेको अगुवाइ देखिएको छ ।

प्रदेश नं १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल पाँच हजार ८६४ निर्वाचित भएका छन् । सो प्रदेशमा नेकपा एमालेले प्रमुख पदमा १८, अध्यक्षमा २४, उपप्रमुखमा २५, उपाध्यक्षमा २९, वडाध्यक्षमा ४६४, महिला सदस्यमा ५३७, दलित महिला सदस्यमा ५२३ र सदस्यमा एक हजार ६५ गरी अन्य दलभन्दा धेरै दुई हजार ६८५ पदमा निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा छ हजार २७९ निर्वाचित भएकामा नेपाली कांग्रेसले अरुभन्दा धेरै दुई हजार ११९ निर्वाचित भएका छन् । सो पार्टीबाट प्रमुखमा २६, अध्यक्षमा १८, उपप्रमुखममा २७, उपाध्यक्षमा २५, वडा अध्यक्षमा ४०४, महिला सदस्यमा ३९३, दलित महिला सदस्यमा ४०३ र वडा सदस्यमा ८२३ गरी दुई हजार ११९ निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा हालसम्म कूल पाँच हजार ५२४ निर्वाचित भएका छन् । यो प्रदेशमा कांग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४, उपप्रमुखमा १८, उपाध्यक्षमा ३१, वडाध्यक्षमा ४५९, महिला सदस्यमा ४५१ र दलित महिला सदस्यमा ४३४ र सदस्यमा ९२२ गरी दुई हजार ३७१ निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशबाट प्रमुख २५, अध्यक्ष ५८, उपप्रमुख २५, उपाध्यक्ष ५८, वडा अध्यक्ष ७४४, महिला सदस्य ७४२, दलित महिला सदस्य ७१७, खुला सदस्य एक हजार ४८६ गरी तीन हजार ८५५ जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट प्रमुख १४, अध्यक्ष २१, उपप्रमुख १०, उपाध्यक्ष २०, वडा अध्यक्ष ३३९, महिला सदस्य ३१९, दलित महिला सदस्य ३१० र खुला सदस्य ६५० जितेको छ । यी सबै पद जोड्दा कांग्रेसले एक हजार ६८३ स्थान जितेको छ ।

लुम्बिनी प्रदेशबाट नगर प्रमुख ३२, गाउँपालिका अध्यक्ष ७१, नगर उपप्रमुख ३२, गाउँपालिका उपाध्यक्ष ७२, वडाध्यक्ष ९४६, महिला सदस्य ९४६, दलित महिला सदस्य ९४६, खुला सदस्य एक हजार ८९२ गरी चार हजार ९३६ जना निर्वाचित भएका छन् । कांग्रेसले प्रमुख १८, अध्यक्ष २७, उपप्रमुख ११, उपाध्यक्ष ३२, वडाध्यक्ष ३५९, महिला सदस्य ३५५, दलित महिला सदस्य ३६६ र खुला सदस्य ७२८ जितेको छ । सो दलको सबै पद जोड्दा एक हजार ८९६ जीत हासिल गरेको छ ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुखमा १२, अध्यक्ष २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्ष २५३, महिला सदस्य २५३, दलित महिला सदस्य २१७, वडा सदस्य ४६८ गरी कूल एक हजार २५० जना उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्र बाट प्रमुख पाँच, अध्यक्ष १८, उपप्रमुख ५, उपाध्यक्ष २०, वडाध्यक्ष २२३, महिला सदस्य २१५, दलित महिला सदस्य २२२, वडा सदस्य ४१५ गरी कूल एक हजार १२३ जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेबाट प्रमुख ६, अध्यक्ष नौ, उपप्रमुख आठ, उपाध्यक्ष १२, वडाध्यक्ष १८४, महिला सदस्य १९१, दलित महिला सदस्य १९२, वडा सदस्य ४३५ गरी कूल एक हजार ३७ जना उम्मेदवार निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख पदमा १५, अध्यक्षमा २२, उपप्रमुखमा १४, उपाध्यक्षमा ३०, वडाध्यक्ष ३०२, महिला सदस्यमा ३२३, दलित महिला सदस्यमा ३१७, वडा सदस्यमा ६७५ गरी कूल एक हजार ६९८ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा ९एमाले० बाट प्रमुखमा आठ, अध्यक्षमा १७, उपप्रमुखमा आठ, उपाध्यक्षमा १४, वडाध्यक्षमा २३६, महिला सदस्यमा २३४, दलित महिला सदस्यमा २२६, वडा सदस्य ४५२ गरी कूल एक हजार १९५ उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस