Latest News

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी पराजित, कांग्रेस विजयी

Nepalese Times May 20, 2022 (1 Year ago)    787 Views

काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्। भने उपाध्यक्षमा कांग्रेसकी बबिता सिहं विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा देवी कुर्मी ३३४५ मत ल्याइन् भने जनता समाजवादी पार्टी जसपाकी जलेखा खातुनले ३१२३ मत ल्याएर तेस्रो भएकी छन्।

खातुन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी हुन्। मुख्यमन्त्री राउतले आफ्नी पत्नीलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले पार्टी परित्याग गरेकी थिइन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५५३१ मत ल्याएर विजयी भएकी हुन् ।

उपाध्यक्षको टिकट आफूले पाउनुपर्ने उनको माग पूरा नभएपछि उनी पार्टीबाट राजीनामा दिएकी थिइन्। स्थानीय निर्वाचनमा पदबाट राजीनामा दिएर मुख्यमन्त्री राउतका स्वकीय सचिवहरू दिपक यादव र पशुपति यादव पनि मेयरमा उठेका थिए।

पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दिपकले जमानत समेत जोगाउन सकेनन् भने धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति कांग्रेस उम्मेदवारसित पराजित भए। पशुपति जसपाका धनुषा जिल्ला अध्यक्ष समेत हुन्।

अहिलेसम्म ६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको हो ।

अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

यस्तै, कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस