Latest News

नेपाल र भारतबीच यी ६ वटा समझदारीपत्रमा हस्ताक्षर (सूचीसहित)

Nepalese Times May 16, 2022 (2 Year ago)    692 Views

काठमाडौं । नेपाल र भारतबीच  शिक्षा तथा जलस्रोत क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सम्बन्धी ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा समझदारफपत्रमा हस्ताक्षर भएको हो ।  नेपाल र भारतबीच लुम्बिनीमा ती समझदारीपत्रमा हस्ताक्षर भएको हो। देउवा र मोदीबीचको द्विपक्षीय भेटवार्तालगत्तै ती समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यी हुनु ६ समझदारीपत्रः
पहिलोः लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यहाँ बौद्ध बिषय अध्यापनका लागि ‘डा. अम्बेडकर चेयर’ स्थापना गरिनेछ। ‘अम्बेडकर चेयर’ को व्यबस्था बमोजिम बौद्ध विषय पढाउने एकजना भारतीय प्राध्यापक लुम्बिनी बौद्ध विश्वविद्यालयमा नियुक्त हुनेछन्।

समझदारीपत्र तत्कालका लागि पाँच वर्षका लागि कायम रहने भएको छ। पाँच वर्षसम्म भारत सरकारले हरेक वर्ष नयाँ प्राध्यापक खटाउनेछ। ती भारतीय प्राध्यापकले ६ महिना लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक सेमेस्टर अध्यापन गर्नेछन्।

‘भारत सरकारले तलब सुबिधा दिएर बौद्ध विषयका प्राध्यापक खटाउनेछ। उनले विश्वविद्यालयमा बौद्ध विषयबारे अध्यापनका अतिरिक्त खोज, अनुसन्धान र कार्यालयका काममा समेत सघाउनेछन्’ बज्राचार्यले नेपालखबरसँग भने।

एकअर्को मुलुकबीच विश्वविद्यालयमा चेयर स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। नेपालले पनि १० वर्षअघि भारतको काशीस्थित बनारस हिन्दू विश्वविद्यालयमा ‘नेपाल चेयर’ स्थापना गरेको थियो।

दोश्रोः त्रिभुवन विश्वविद्यालय अन्र्तगतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसिआर) बीच अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्र अनुशार सिनासमा इन्डियन स्टडिजको पढाई हुनेछ। त्यसका लागि ‘आइसिसिआर चेयर’ स्थापना हुनेछ।

तेश्रोः काठमाडौ विश्वबिद्यालय (केयु) र आइसिसिआरबीच आइसिसिआर चेयर स्थापनासंबन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्र अनुशार केयुमा इन्डियन स्टडिज अध्ययनका लागि भारत सरकारले भारतीय प्राध्यापक खटाउनेछ।

चौंथोः काठमाडौ विश्वबिद्यालय (केयु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मद्रासबीच अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ।

पाँचौः काठमाडौ विश्वबिद्यालय (केयु) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी), भारतबीच लेटर अफ एग्रिमेन्टमा हस्ताक्षर भएको छ। यसअन्तर्गत केयु र आइआइटीले आइटी बिषयमा स्नातकोत्तर तहको पढाई संयुक्तरुपमा संचालन गर्नेछन्।

छैठौंः अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणबारे अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुशार संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण—४ परियोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस