Latest News

धादिङमा पनि गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार प्यानलै विजयी

Nepalese Times May 14, 2022 (1 Year ago)    3264 Views

काठमाडौं । धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजी भएका छन् ।

नेकपा एमाले उम्मेदवार यदुकुमार खतिवडाले १ हजार १ सय ३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजबादीका माधव खतिवडाले ९सय ९६ मत ल्याएका छन् ।

गल्छी गाउपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा सदस्यका उम्मेदवारहरु प्रमिला राना, शोभा रमतेल, गोपाल विश्वकर्मा, महेन्द्र लामीछाने मगर विजी भएका छन् ।

गठबन्धनका सबै उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उनीहरु विजयी भएका हुन् । गल्छीगाउपालिका वडा नम्बर मा २ हजार २ सय ८७ मत खसेको थियो ।

गल्छी गाउपालिका वडा नम्बर १ मा अध्यक्षका एमालेका प्रत्यासी केदार खतिवडाले १ हजार ३ सय १२ , नेकपा समाजबादीका कृष्ण हरि श्रेष्ठले ७ सय ९२, उपाध्यक्षमा नेपाली काँग्रेसका भाईकाजी तिवारीले १ हजार १ सय ६ मत, र नेकपा एमालेका राधा तिमल्सिनाले ९ सय ९८ मत प्राप्त गरेका छन् ।

यस्तै ०७४ को चुनावमा १७ भोटले आफ्नो पक्षमा पारेको माओवादी केन्द्रले यो पटक बेनीघाट रोराङ १ को अध्यक्ष गुमाएको छ । बेनीघाट रोराङ १ को अध्यक्ष नेपाली कांग्रेसका जीवन सिं तामाङले २९ मतको अन्तरले विजयी भएका हुन् ।

उनले आफ्नो जितको लागि ५३४ मत ल्याएका थिए भने प्रतिपर्धीहरु माओवादी केन्द्रका मिलन कुमार लामाले ५०५ मत र नेकपा एमालेका सुरेन्द्र कुमार तामाङले ५९ मत ल्याएका थिए ।

यस्तै धादिङको नेत्रावती डबजोङ गाउपालिकामा ४०० मत गणना सकिएको छ । वडा नं १ बाट शुरु भएको मतगणनामा ४०० मत गणनामा गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार उर्मिला तामाङ गुरुङले १३४, नेपाली काग्रेसका अध्यक्ष पदका उम्मेदवार मेघराज रिजालले ११० र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सुर्वण रिमालले ३५ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार उत्तम अधिकारीले ६५ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्ष पदमा नेपाली काग्रेस बाट उम्मेदवारी दिएकी सितामाया गुरुङले १५५ मत ल्याएकी छिन् ।

एकिकृत समाजबादि बाट गोपाल गुरुङले १०७ र नेकपा एमाले बाट बिना कुमारी मम्मा तामाङले ४४ ल्याएकी छिन् । वडा न १ को वडा अध्यक्ष पदमा काग्रेसले १७८,माओवादीले १०८ र नेकपा एमालले ३६मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस