Latest News

काठमाडौंको अर्को ठाउँमा पनि एमालेको प्यानल नै विजयी

Nepalese Times May 14, 2022 (1 Year ago)    1248 Views

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामालाई पराजित गर्दै एमालेका जय थापामगर वडाध्यक्ष विजयी भएका हुन् ।

एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।मेयरमा पनि एमालेकै अग्रता छ । कांग्रेसका मोहन बस्नेतले ९१० मत पाउँदा एमालेका श्रीराम आचार्यले ९१३ मत पाएका छन् ।

उपमेयर भने कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेदवार बसन्ती तामाङले ७७८ मत ल्याउँदा एमालेका इन्दिरा न्यौपानेले ८६४ मत ल्याएकी छन् । यसअघि काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका थिए । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका थिए ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् । यो नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता कायम गरेर हुन् । अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा मतगणना चलिरहेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट मिठाराम अधिकारी, नेपाली कांग्रेसबाट विनोद चालिसे नेकपा माओवादी केन्द्रबाट डम्बर प्रसाद अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिता राम विश्‍वकर्माले उम्मेदवारी दिएका छन् ।

त्यस्तै तीन दलीय गठबन्धनलाई पराजित गर्दै नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका नेता नारायणप्रसाद रिमाल विजयी भएका छन । एमाले नुवाकोटको जिल्ला कमिटी सदस्य समेत रहेका रिमालले गठबन्धनका उम्मेदवारलाई ४३ मतान्तरमा पराजित गरे । यसअघि नेपाली कांग्रेसले जितेको र उसैको गढ मानिएको वडामा एमालेले विजयको झण्डा फहराएको हो ।

एमालेबाट उम्मेदवार बनेका नारायण रिमाल ४ सय ५१ मत ल्याएर विजयी भएका छन । वडाध्यक्षमा नारायण रिमालले नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यसी नवराज रिमालले ३ सय ९८ मतले पराजित गरेका हुन । जम्मा १२ सय ३३ मत खसेकाे थियाे । तारकेश्वरमा नेपाली कांग्रेस, नेकपामाओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।

त्यसैगरी वडा सदस्यमा एमालेका २ जना र कांग्रेसबाट १ जना विजयी भएका छन् । तारकेश्वर ६ मा यसअघि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र तामाङ विजयी भएका थिए । नेकपा एमाले तारकेश्वरका सहईन्चार्ज समेेत रहेका रिमाल यसअघि २०७४ काे स्थानिय निर्वाचनमा पनि लाेकाेप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनको मतपरिणामसँगै नतिजा आउन सुरू भएको छ। अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ।

प्रतिक्रिया दिनुहोस