Latest News

प्रेम आलेको गृहजिल्लामा पनि एमालेका उम्मेदवारको अग्रता

Nepalese Times May 14, 2022 (1 Year ago)    789 Views

डोटी । नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा पनि एमालेले अग्रता कायम गरेको छ । अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ३९२ मत ल्याउँदा नेकपा एस २२३ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार २३७ मतसहित दोस्रो स्थानमा छन् । आलो सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन् । यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार चाहिँ गठबन्धनमा पराजित भएका छन्।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्षसहित ३ सदस्य जित्दा नेकपा ९एस०का वडा सदस्यका उम्मेदवारलाई भने नेकपा एमालेका उम्मेदवारले पराजित गरेका हुन्।

यो वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भए । उनले २०७४ सालको स्थानीय निर्वाचनमा विजयी उम्मेदवार एमालेका वडाध्यक्ष अम्बिकाप्रसाद गौतमलाई पराजित गरे।

बस्नेतले १ हजार ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी गौतमले १ हजार २२ मत ल्याए। यो वडामा महिला वडासदस्यमा कांग्रेसकै मनकुमार गुरुङ, महिला वडा सदस्य डायना राई र दलित महिला सदस्यमा मुनादेवी रसाइली विजयी भएका छन्।

गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका वडा सदस्यका उम्मेदवार इन्द्रबहादुर कटवाल भने पराजित भएका छन्। उनलाई एमालेका खड्गबहादुर गुरुङले पराजित गरेका हुन्।

यस्तै सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन् । सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत पाएका छन् । वडा नं १ को अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० र नेकपा एमालेकी कन्दकला रानाथारुले १० मत पाएका छन् । मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ । उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ ।

यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा धेरैजसो पालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।तनहुँका १० स्थानीय तहमध्ये ८ वटामा मतगणना जारी रहँदा पाँचवटामा एमालेले अग्रता लिएको हो ।

माओवादीले दुई वटा गाउँपालिकामा अग्रता कायम गर्दा कांग्रेसले एउटामा मात्र अग्रता लिएको हो । ब्यास र भिमाद नगरपालिकाको मतगणना शुरु भएको छैन । पछिल्लो मत परिणाम अनुसार तनहुँमा नेकपा एमालेले देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका, सुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र घिरिँ गाउँपालिकामा अग्रता कायम गरेको छ ।

यस्तै माओवादीले आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकामा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकामा अग्रता कायम गरेको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस