Latest News

काठमाडौं महानगर : बालेनले फेरि बढाए अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

Nepalese Times May 14, 2022 (1 Year ago)    1028 Views

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता बढाएका छन् । पछिल्लो मतगणना अनुसार शाहले ४८० मत पाएका छन्।दोस्रोमा उक्लिएकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत पाएकी छन्। तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले २०० मत पाएका छन्। मतगणना जारी छ।

काठमाडौँ महानगरपालिकाको १, २ र ३२ नम्बर वडाको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । काठमाडौँको १ वडा नक्साल र वडा २ लाजिम्पाट क्षेत्र तथा ३२ वडा कोटेश्वर क्षेत्र हो ।

नक्साल, लाजिम्पाट लगायतको क्षेत्र भनेको पुरानो दरबारियाको बस्ती रहेको क्षेत्र हो भने ३२ नम्बर कोटेश्वर नयाँ बस्ती हो । काठमाडौँको भित्री नेवार बस्ती बाहिर बालेन शाहको लोकप्रियता छ । यद्यपि, उनले निर्वाचन जित्नका लागि भित्री नेवार बस्तीमा पनि प्रतिस्पर्धीहरू सिर्जना सिंह र केशव स्थापितलाई पछ्याउनुपर्छ । टेकु (१२), कालीमाटी (१३), डल्लु (१५), क्षेत्रपाटी (१७) मा मेयरका उम्मेदवार सुमन सायमी त्यत्तिकै लोकप्रिय छन् । उनलाई सम्पदाविद् एवं अभियान्ता यादवलाल कायस्थ लगायतको समूहले समर्थन गरेको छ ।

कुल तीन लाख ५ सय ८४ मतदाता रहेको काठमाडौँमा एक लाख ९० हजार एक सय ७० मत खसेको थियो । ५५ जना मेयरका उम्मेदवार रहेको काठमाडौँ महानगरमा मेयरमा निर्वाचित हुनका लागि कम्तीमा पनि ६० हजार मत कटाउनुपर्छ ।

प्रारम्भिक मतगणना अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले उत्साहजनक मत प्राप्त गरेका छन् । उनी काठमाडौँको भित्री नेवार बस्तीमा भन्दा बाहिरी भागमा बढी लोकप्रिय छन्, यद्यपि जित्नका लागि भने उनले भित्री भागमा पनि प्रतिस्पर्धी ढंगले मत ल्याउनुपर्ने हुन्छ ।

भित्री नेवार बस्ती रहेका वडाहरू डल्लु (१५), सोह्रखुट्टे (१६), क्षेत्रपाटी (१७), नरदेवी (१८), दमाइटोल (१९), भीमसेनस्थान (२०), ज्यावहाल (२१), टेबहाल (२२), ॐवहाल (२३), मखन (२४), जनवहाल (२५), महाबौद्ध (२७) को मत परिणाम हेर्नुपर्छ ।

यस क्षेत्रमध्ये टेकु (१२), कालीमाटी (१३), डल्लु (१५), क्षेत्रपाटी (१७) मा मेयरका उम्मेदवार सुमन सायमीले धेरै मत ल्याए भने त्यो बालेनका लागि फाइदाजनक हुन्छ । अन्यथा यहाँ स्थापित दल कांग्रेस वा एमालेले अग्रता लिएको खण्डमा बालेनका लागि अनुकुल नहुनसक्छ ।

अर्को तर्क के पनि छ भने भित्री नेवार बस्तीबाट अहिले धेरै मानिसहरू सहरका बाहिरी भागमा बसोबास गर्न गइरहेका छन् र त्यहाँ पनि बालेन शाहको राम्रो प्रभाव रहेको बताइएको छ । सहरका भित्री भागका घर व्यवसायीलाई भाडामा दिएर बाहिरी भागमा बसोबास गर्नेहरूको संख्या पनि अहिले धेरै छ ।

प्रतिक्रिया दिनुहोस