Latest News

स्थानीय तह निर्वाचन : ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम यस्तो छ (विवरणसहित)

Nepalese Times May 14, 2022 (1 Year ago)    849 Views

काठमाडौं । अहिले देशभर स्थानीय तह चुनाव अन्तर्गत मत गणनाको क्रम चलिरहेको छ । सबैभन्दा धेरै चासोको रुपमा हेरिएको भरतपुर र काठमाडौं महानगरपालिकासहित धेरैजसो महानगरपालिकामा मतगणना चलिरहेको हो ।

पछिल्लो मतगणना अनुसार काठमाडौं महानगरपालिकामा मेयरउम्मेदवार बालेन शाहले ७८५ मत ल्याएर अगाडि रहेका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै उनी अग्रस्थानमा रहेका हुन् ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयरपदमा उम्मेदवारी दिएकामध्ये नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितको ४६८ र सत्ता गठबन्धनबाट सिर्जना सिंहको ३०७ मत रहेको छ ।

यस्तै ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले २८ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञजनकार १० मतसपहित दोस्रो स्थानमा रहेका छन् ।

चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिलकामा नेकपा एमालेका विजय सुवेदी ४१ मतसहित अग्रस्थानमा रहेका छन् । माओवादी केन्द्रकी रेणु दाहाल ३७ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ७ मत रहेको छ ।

पोखरा महानगरपालिकामा एमोबाट कृष्णबहादुर थापा र नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको प्रतिष्पर्धा रहेको छ । यस्तै वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेबाट विजयकुमार सरावगी र जसपाबाट राजेशमान सिंह चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

विराटनगरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले ४४३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । यस्तै एमालेका सागर थापाले ३१५ ल्याएर नागेशलाई पच्छाइरहेका छन् ।

यसैगरी उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले ३६५ मत ल्याएर अग्रता कायम गरेकी छिन् भने गठबन्धनका अमरेन्द्र यादवले २०६ मत प्राप्त गरेका छन् ।

१ लाख ३३ हजार १ सय ४२ कुल मतदाता रहेको विराटनगरमा ८९हजार ७ सय ८९ मत खसेको थियो । हालसम्म १ हजार हाराहारीमा गणना सकिएको छ।

प्रतिक्रिया दिनुहोस