Latest News

काठमाडौं महानगरको मतगणना : अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 14, 2022 (1 Year ago)    1594 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणन शुरु भएको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ बाट मत गणना चलिरहेको हो ।

काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ । काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला ? भन्ने आम चासो रहेका छ ।

मेयर पदका लागि अरु धेरै जनाले उम्मेदवारी दर्ता गराए पनि विशेषगरी ३ जनाको भिडन्त हुने देखिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहबीच कडा प्रतिष्पर्धा हुने देखिएको हो ।

मतगणना सुरु हुँदै गर्दा गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको छ । वडा नम्बर ३२ मा भने गणना भइरहेको छ । वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका हुन् ।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत पाएका छन्।

पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।

एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे। यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए।

खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो। यसपालि कांग्रेसकी सिर्जना सिंहले कोर–सिटीबाट अघिल्लोपटक जोशीले ल्याएभन्दा धैरै मत ल्याउने आंकलन गरिएको छ ।

विद्यासुन्दरलाई भोट दिएका मतदातामध्ये धेरैले यसपालि सिर्जनालाई भोट दिन्छु भनेका छन्। तर यसअघि कांग्रेसलाई दिएर यसपालि एमालेलाई दिन्छु भन्नेको संख्या थोरै रहेका छन् ।

अघिल्लोपटक एमालेलाई भोट दिएर यसपालि कांग्रेसलाई दिन्छु भन्ने सबै एमालेका परम्परागत मतदाता होइनन्। तीमध्ये कतिपयले आफू कांग्रेस भए पनि अघिल्लोपटक शाक्यलाई हेरेर मत दिएको बताए।

यस्तै स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने आड्कलबाजी गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस