Latest News

एमालेले काठमाडौंमा पनि खाता खोल्यो, कसले कति मत ल्याए ?

Nepalese Times May 14, 2022 (1 Year ago)    2801 Views

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा पनि खाता खोलेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् । यो नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता कायम गरेर हुन् । अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा मतगणना चलिरहेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट मिठाराम अधिकारी, नेपाली कांग्रेसबाट विनोद चालिसे नेकपा माओवादी केन्द्रबाट डम्बर प्रसाद अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिता राम विश्‍वकर्माले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट वालकृष्ण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट खेम कुमारी भुर्तेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निना भेटुवाल, राष्ट्रिय जनमोर्चाबाट छवि बहादुर खनालले उम्मेदवारी दिएका छन् । नेपाली जनता दलबाट टिका राम मोटे वसाइ ठकुरी र नेकपा समाजवादीबाट निर्मला पाण्डेले उम्मेदवारी दिएका छन् ।

यस्तै मेयर पदमा आशिष श्रेष्‍ठ, रमेश श्रेष्ठ, महेश केसी, सुमित खरेल, सुमन खड्काले उम्मेदवारी दिएका छन् । यस्तै उपमेयरमा नेकपा एमालेबाट अनिता लामा, नेपाली कांग्रेसबाट रमिला वाग्ले र नेकपा माओवादी केन्द्रबाट कमला गौतमले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट प्रमिला सापकोटा (रिमाल), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चम्पा देवी अधिकारी र नेकपा समाजवादीबाट सुर्य परियारले पनि बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका छन् ।

यस्तै मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।

उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालकाे निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

प्रतिक्रिया दिनुहोस