Latest News

ज्यान जानुअघि भारत्तोलनकी कीर्तिमानी खेलाडी सन्जुले सेयर गरेकी थिइन् यस्तो भिडिओ

Nepalese Times May 10, 2022 (1 Year ago)    3519 Views

काठमाडौं । नेपाली भारात्तोलनकी कीर्तिमानी खेलाडी सन्जु चौधरी झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताएका छन् ।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आ–त्मह–त्या गरेको हुनसक्ने आशंका गरिएको उनको भनाइ छ । हालसम्म घटनास्थलमा सुस्साइड नोट भने भेटिएको छैन ।

प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन् ।

स्रोतका अनुसार २४ वर्षीया सन्जुले ६ महिना अघि मात्र नेपाल प्रहरीबाट राजीनामा दिएकी थिइन्। केही महिना करारमा काम गरेकी उनलाई प्रहरीले त्यसपछि प्रहरी कार्यालय सहयोगीमा नियुक्त गरेको थियो। तर करिब एक वर्षपछि नै सन्जुले प्रहरी सेवा छाड्ने निर्णय गरेकी थिइन्।

उनले किन प्रहरीको जागिर छाडेकी थिइन् भन्ने स्पष्ट छैन। भारत्तोलनमा आउनुअघि सन्जु क्रिकेटलगायत अन्य केही खेलमा पनि सहभागी भएकी थिइन्। पुलिस छाडेपछि पछिल्लो समय उनले आर्मीको टिमसँग रहेर प्रशिक्षण गर्ने गरेकी थिइन्।

सन्जु दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारात्तोलन खेलाडी हुन्। उनले १३ औँ सागमा उक्त सफलता हात पारेकी थिइन्।

नेपालगन्ज स्थायी घर भएकी सन्जु एसियाली खेलकुदको छनोटका लागि केही समययता काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन्।ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक सन्जय महर्जनको घरमा उनी सलले पासो लागेको अवस्थामा फेला परेको थियो ।

ज्यान गएको अवस्थामा फेला परेको केही घण्टाअघि मात्रै उनले एक भिडियो सेयर गरेर आफ्नो नजिकका कसैलाई सम्झिएकी थिइन् । सामाजिक संजाल फेसबुकमासमेत उनले आफू कसैसँग रिलेसनसिपमा रहेको जानकारीसमेत गराएकी छिन् ।

सामाजिक संजाल फेसबुका उनको स्टाटस हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

प्रतिक्रिया दिनुहोस