Latest News

मेयरको दौडबाट पार्टीले हटाएका पौडेल एकाएक केपी ओलीसँगै चुनावी सभामा देखिए

Nepalese Times May 9, 2022 (1 Year ago)    1098 Views

पोखरा । केही वर्षअघिको एउटा अपुष्ट सिसिटिभी भिडिओका कारण पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बन्न नपाएका एमालेका नेता दिपक पौडेल चुनावी सभामा भने देखिएका छन् ।

पौडेलले टिकट पाए लगत्तै केही वर्ष पूरानो सिसिटिभी भिडिओ सार्वजनिक भएको थियो ।

छोराको बिहेको गहना किन्ने क्रममा सुन पसलमा पुगेका पौडेलले गोजीमा केही वस्तु राखेको जस्तो भिडिओ एकाएक सार्वजनिक भएपछि उनी चर्चा र विवादमा तानिएका थिए ।

मेयरका उम्मेदवार कृष्ण थापासँगै उनी चुनावी सभामा देखिएका छन् । अध्यक्ष केपी शर्मा ओली सहभागी सभाको मन्चमा उनी देखिएका हुन् ।

अध्यक्ष ओली र उनीबीच एकैछिन मन्चमै उभिएर कुरा भएको थियो । पार्टीभित्रैबाट भिडिओ सार्वजनिक भएकोमा असन्तुष्ट रहेका पौडेलको मेयरको टिकट अन्तिम समयमा आएर खोसिएको थियो ।

टिकट खोसिएपछि निराश भएर घरै बसेका गण्डकी प्रदेश सचिवालय सदस्य पौडेललाई गत साता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घरमै गएर उपयुक्त समयमा न्याय हुने आश्वासन दिएका थिए । पौडेल पछिल्ला दिनमा चुनावी अभियानमा सहभागी भइरहेका एमालेका नेताहरुले बताएका छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् ।

आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए ।

सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ दिँदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताए ।‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ ।

कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे’ उनले भने, ‘‘वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’

प्रतिक्रिया दिनुहोस