Latest News

चुनावको दिन बैशाख ३० गतेको मौसम कस्तो रहला ? महाशाखाले निकाल्यो विशेष बुलेटिन

Nepalese Times May 9, 2022 (1 Year ago)    655 Views

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार(पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

साथै, हाल दक्षिण बंगालको खाडीमा चक्रवात “असानी“ विकसित भएको छ। उक्त प्रणाली उत्तरपश्चिम भारत तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गतेसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ ।

उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको छ । आसन्न स्थानीय निर्वाचन अवधि २०७९ बैशाख २८ बुधबार देखि बैशाख ३१ गते शनिबार सम्मको मौसम पूर्वानुमानबारे महशाखाल विषेश बुलेटि निकालेर जानकारी दिएको हो ।

महाशाखाका अनुसार २०७९ वैशाख २८ गते बुधबार देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । २०७९ वैशाख २९ गते विहिबार देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।साथै तराईका भू(भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

चुनावको दिन २०७९ वैशाख ३० गते शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३१ गते शनिवार देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ ।

प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका एक वा दूई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले माथि उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस