Latest News

केपी ओलीले जिते राजतन्त्र फर्काउन सक्छन् भन्दै देउवाले दिए कडा चेतावनी

Nepalese Times May 8, 2022 (1 Year ago)    574 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जिते राजतन्त्र फर्किने र संसद भंग गरिदिने आरोप लगाएका छन् । उनले केपी ओली नेतृत्वको नेकपा एमालेलाई जिताएमा देश दुर्घटनामा जाने भन्दै गठबन्धनका उम्मेदवारले देशभरी नै जित्न जरुरी रहेको बताए ।

पोखरा महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओली स्वयं र नेकपा एमाले गणतन्त्रको विपक्षमा रहेको आरोप लगाए ।

उनले भने, ‘ए बाबा, ओलीले जित्यो भने संसद राख्छ ? भोलि नै भंग गरिदिन सक्छ । ओली र उनको पार्टी प्रजातन्त्रको खिलाफमा छ, गणतन्त्रको खिलाफमा छ । म गठबन्धनले बनाएको प्रधानमन्त्री होइन रु अनि हामीले अरु पार्टीलाई सघाउनु पर्दैन ?’

गठबन्धनको भागबण्डामा असन्तुष्ट रहेका कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा पुगेर पनि गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । यसअघि चितवनमा भएको कार्यक्रममा पनि उनले यहि कुरा बताएका थिए ।

सत्ता गठबन्धन दलको पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेका उनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुप्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् ।

उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए । देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए ।

प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार नरहेका ठाउँमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विद्रोह गर्ने क्रम नछोडेसँगै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिँदै आएका छन् ।

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार छन् । मेयर एकीकृत समाजवादीलाई छाडेको भन्दै कांग्रेसमा असन्तुष्टि समेत देखिएको थियो ।

यस्तै्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए ।

तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले भने, ‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाश बाहेक केही हुने छैन ।’

प्रतिक्रिया दिनुहोस