Latest News

पोखरा पुगेर प्रचण्ड र माधव नेपालले कांग्रेसका नेताहरुलाई जब यसरी थर्काए…

Nepalese Times May 8, 2022 (1 Year ago)    913 Views

काठमाडौं । पोखरा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसका नेताहरुमाथि आक्रोश व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोखरा पुगेरपनि गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । यसअघि चितवनमा भएको कार्यक्रममा पनि उनले यहि कुरा बताएका थिए ।

सत्ता गठबन्धन दलको पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेका उनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुप्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् ।

उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए ।

देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए ।

प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार नरहेका ठाउँमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विद्रोह गर्ने क्रम नछोडेसँगै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिँदै आएका छन् ।

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार छन् । मेयर एकीकृत समाजवादीलाई छाडेको भन्दै कांग्रेसमा असन्तुष्टि समेत देखिएको थियो ।

यस्तै्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए ।

तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले भने, ‘दम्भले केपी ओलीको विनाश गरायो । तपाईंको पनि विनाश बाहेक केही हुने छैन ।’

प्रतिक्रिया दिनुहोस