Latest News

प्रचण्ड र देउवासँग भरतपुरका मेयर उम्मेदवार जगन्नाथ फेरि जंगिए

Nepalese Times May 7, 2022 (1 Year ago)    669 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको आरोप लगाएका छन् ।

आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए ।

शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु भन्दैमा आकाश खस्छ ? भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘कुनै व्यक्तिले चुनाव लड्छ जित्ला, कसैले हार्छ । यो त लाखौं मान्छेले सहभागिता जनाउने कार्यक्रम हो । प्रधानमन्त्री भएका व्यक्तिले यस्तो टिप्पणी गर्दा मलाई आत्मग्लानी भयो । ‘

गठबन्धनसँग आफ्नो सम्बन्ध नभएको भन्दै उनले भने, शमेयर उठ्दा देशै बर्बाद हुनेभयो, गठबन्धन टुट्ने भयो । आकाश खस्ने भयो । पाताल भासिने भयो । अचम्मै भयो ।’

राष्ट्रलाई बाटो देखाउनुपर्ने कांग्रेस अर्को पार्टी र नेताको भुलभुलैमा लागेर आफ्नो पार्टी र कार्यकर्ता बिर्सिएकोसमेत उनले आरोप लगाए ।

उनले भने, ‘अर्को नेताको लहलहैमा लागेर आफ्नो पार्टीको कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको वकालत गर्दै हिँड्ने । यस्तो गाइजात्रा पनि हुन्छ पार्टीमा ?

प्रतिक्रिया दिनुहोस