Latest News

कांग्रेसबाट विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका पौडेल अपहरणको २४ घण्टापछि मृत फेला

Nepalese Times May 7, 2022 (1 Year ago)    1276 Views

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार ज्यान गएको अवस्थामा फेला परेका छन् ।

रामधुनी नगरपालिका वडा नम्बर ८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि ज्यान गएको अवस्थामा फेला परेका हुन् । उनी गत विहीबार इनरूवा ४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए ।

उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि बिहीबार परिवार र जिल्ला प्रहरी कार्यालय सुनसरीको सम्पर्कमा आएका थिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले बताए ।उनले आत्म ह त्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यसअघि नेपाली कांग्रेसका कार्यकर्ता रहेका पौडेलले वडाध्यक्षमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।

यस्तै नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवारको ज्यान गएको छ । गाउँपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको ज्यान गएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट उम्मेदवार बनेका तिवारीको ज्यान गएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस