Latest News

जगन्नाथ पौडेलसहित कांग्रेसका यी बागी उम्मेदवारलाई अर्को कारबाही पनि थपियो (पत्रसहित)

Nepalese Times May 5, 2022 (1 Year ago)    1311 Views

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका सबै उम्मेदवारलाई पाँच वर्षका लागि निष्कासित गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर बागी उम्मेदवार, उनीहरूका प्रस्तावक तथा समर्थक स्वतः निष्कासित भएको जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसले बागी उम्मेदवारऽ उनीहरुका प्रस्तावक तथा समर्थकहरुलाई निष्कासित गरेसँगै भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पोडेललगायत समर्थक र प्रस्तावक पनि निष्कासितमा परेका छन् ।

पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासन भएको उनले बताएका छन् ।

उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट स्वतः निष्कासन गरिएको उनले बताए । कांग्रेसले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई विज्ञप्ति निकालेर फिर्ता लिएको घोषणा गर्न आजसम्मको समय दिएको थियो।

यससँगै पार्टीका उम्मेदवार विरुद्ध प्रचार गर्नेहरूलाई पनि कारबाही गरिने जनाएको छ। त्यस्ता व्यक्तिलाई जिल्ला कार्यसमितिले कारबाही गर्न सक्ने भएकाले पार्टीको पक्षमा लाग्न सचेत गराएको छ।

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हित विपरित कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको राय समेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधीभर तत्काल सदस्यताबाट निलम्वन गर्न सक्ने भएकोले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन पार्टीका सम्पूर्ण सदस्यहरुलाई विज्ञप्तिमार्फत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस