Latest News

सिर्जना सिंहको समर्थनमा बाबुरामदेखि नरायणकाजी श्रेष्ठसम्म एउटै मञ्चमा, कसले के–के भने ?

Nepalese Times May 5, 2022 (1 Year ago)    708 Views

काठमाडौं । काठमाडौं महानगरमा नेपाली कांग्रेसले आगाडि सारेको काठमाडौंका मेयर उम्मेदवार सिर्जना सिंह जिताउन गोर्खाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।

गोरखा काठमाडौं चुनाव प्रचारप्रसार समूहले आयोजना गरेको कार्यक्रममा जसपाका नेता तथा पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डे, नेतृ कमला पन्त, चिरञ्जीवी वाग्ले लगायत नेताहरुले सिंह जस्तो जिताउन अपिल गरेका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सिंहले माइती जिल्ला गोर्खाबाटै राजनीति यात्रा सुरु गरेको उल्लेख गर्दै मेयर भएमा पार्टीको घोषणा पत्र र मेरो संकल्प पत्र नै आफ्नो संकल्प पाएको बताए।

देशको एकीकरण गोर्खाले गरेको उल्लेख गर्दै अब काठमाडौंको मेयर बनेर गोर्खाको चेलीले काठमाडौं सफा सुन्दर र व्यवस्थित गर्ने बताईन्। पहिले न्याय नपाए गोर्खा जानू भन्ने प्रचलन रहेको बताउँदै अब न्याय नपाए काठमाडौंको मेयरको जाने वातावरण बनाउने समेत बताइन्।

पहिले राजनीतिबाट घर सम्हाल्न पुगेको बताउँदै अब सबै सिपको प्रयोग गरेर अवसर पाए काठमाडौं सम्हाल्ने समेत सिंहको भनाइ रहेको छ ।

सो कार्यक्रममा बोल्दै जसपाका संघीय परिषद् अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको दाबी गरे। डा. भट्टराईले कोही परिवारसँग जोडियो भने महिलालाई आरोप लगाउने गरेको बताउँदै सिंह आफ्नै बलवुतामा नेता भएको बताए। ‘हामी गठबन्धन मात्रै नभएर गोर्खाको चेली समेत भएकोले सालिन व्याक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,’ भट्टराईले भने।

त्यसैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताए। काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताउँदै सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मित्थ्या भएको बताए। सिंहको राजनीति यात्रा लामो रहेको बताँउदै प्रकाशमान भन्दा आगाडिनै रहेको बताए। ‘मैले नेपाली कांग्रेसबाट गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठले कांग्रेसको राजनीति सक्रिय हुनुहुन्थ्यो,’ श्रेष्ठले भने। सिंहको जित संविधान लोकतन्त्रको समेत जित हुने भएकोले पनि जित अनिवार्य सर्त रहेको बताए।

त्यसैगरी कांग्रेस नेता चिरञ्जीवी वाग्लेले सिर्जना सिंह गोर्खाका परिवार २००७ साल देखिकै क्रान्तिमा सहभागी रहेको बताउँदै सिंहको राजनीति सक्रियता गोर्खाबाटै भएको बताए। वाग्ले आफू स्थानीय विकास मन्त्री हुदा काठमाडौंको मेयर हुँदा तत्कालिन मेयर पिएलसिंहले जम्मा पारिदिएको पैसामा रजाइँ गरेर हावदारी गफ गर्दै हिडेको सम्झना ताजै रहेको बताए। सिर्जना सिंहसँग काठमाडौं मेयरमा कसैको पनि प्रतिस्प्रर्धा नहुने समेत बताए।

त्यस्तै नेपाली काग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले न्याय नपाए गोर्खा जानू भनेर पढेको उल्लेख गर्दै गोर्खाकी चेली सिर्जना सिंह काठमाडौंमा मेयर बनेर न्याय दिने बताए। सिंहको राजनीति बिरासतको नभएर आफै उठेको महिला भएको बताए।

गोरखा काठमाडौं चुनाव प्रचार प्रसार समूहले आयोजना कार्यक्रममा खतिवडाले केपी ओली जसरी हावादारी कुरा गरेर जनतालाई भ्रमित पर्छन त्यस्तै पार्टी र संगठन समेत ठेगान नभएका केशव स्थापितलाई अगाडि सारेको बताउदै सम्पुर्ण जनताले एक मत भएर सहि ठाउमा मतदान गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेसले छानेको उम्मेदवार सिंहले जित्त्दै गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाउने बताए।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पान्डेले गोर्खाबाट आउने कुनै पनि पार्टी नभनी जिताउने अभियानमा लाग्न आग्रह गरेका छन्। सिर्जना सिंहले कुनै विरासतबाट नभएर नेविसंघ देखिनै राजनीति यात्रा गरेको बताए।

गणेशमान सिंहको परिवारमा बुहारी बनेर भित्रिएपछि परिवार व्यवस्थापनमा लाग्नु परेको बताउँदै अब सक्रिय राजनीति फेरि फर्किएको बताए। ‘जसरी घर व्यवस्थापन गर्नु भयो अब काठमाडौं पनि व्यवस्थापन गर्नु हुन्छ ।’ पान्डेले भने।

त्यस्तै गोरखाबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेतृ कमला पन्तले काठमाडौंको मेयरको रुपमा गोर्खाको चेली पाउनु गर्वको विषय विषय भएको बताइन्। पन्तले काठमाडौं अहिले नेतृत्वविहिन टुहुरो भएको बताउँदै अब सिंह आएपछि काठमाडौंले नेतृत्व पाउने बताइन्।

प्रतिक्रिया दिनुहोस