Latest News

भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलबारे रामचन्द्र पौडेलले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 5, 2022 (1 Year ago)    631 Views

काठमाडौं– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल उत्तेजनामा आएर विरोधमा उत्रिएको बताए । उनले चितवनमा आयोजित आमसभामा बोल्दै बागी उम्मेदवारी दिने जगन्नाथहरूले धैर्यता राख्न नसकेको बताएका हुन् ।

‘साथीहरु अहिले नेपालमा मैले जगन्नाथ जि हरुलाई म बसेको ठाउँमा बोलाएर छलफल गर्न चाहेँ तर उहाँहरु चाड चाँडै उठेर जान खोज्नुभयो,’ उनले भने, ‘धैर्य राख्न सक्नुभएन । मैले दिएको तर्कलाई उहाँहरुले तर्कको रुपमा सामाना गर्न तयार हुनुहुन्छ जस्तो लाग्यो । उहाँहरु उत्तेजनामा आएर मात्रै असन्तुष्टि व्यक्त गरेर विरोधमा उत्रिएको जस्तो मलाई लाग्यो ।’

उनले अहिले कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग नभएको समेत बताए । अहिले को प्रतिस्पर्धा ओली प्रवृत्तिसँग भएको उनको भनाइ छ ।

‘मैले साथीहरुलाई मैले भने जुन राजनीतिक द्वन्द्व चलिरहेको छ । नेपाली कांग्रेसको प्रतिस्पर्धा को सँग हो ?,’ उनले भने, ‘नेपाली कांग्रेस प्रतिस्पर्धा माओवादीसँग होइन। प्रचण्डसँग होइन । केपी ओली प्रवृत्तिसँग हो । उनीहरुसँग हाम्रो प्रतिस्पर्धा छ ।’

उनले गठबन्धन अहिले आवश्यकता भएको भन्दै गठबन्धनका लागि सभापति देउवा भन्दा अगाडी आफूले प्रस्ताव गरेको समेत दाबी गरे ।
‘शेरबहादुर भन्दा पहिले मैले हो गठबन्धनको आवश्यकता महशुस गरेको थिए,’ उनले भने, ‘जब केपी ओलीले जब निरकुंसता तिर अगाडी बढ्दै थिए । तर मैले यसको आवश्यकता महशुस गरेको थिएँ । भरतपुरको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस