Latest News

माओवादीका मेयर विष्टले दिए राजीनामा, यस्ता छन् कारण

Nepalese Times May 5, 2022 (1 Year ago)    1127 Views

नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिकाका मेयरमा निर्वाचित लभशेर विष्टले राजीनामा दिएका छन्।

बिहीबार विष्टले आफ्नो व्यक्तिगत कारण भन्दै राजीनामा दिएको थाहा नगरका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । उम्मेदवारी नदिएका विष्टले आफ्नो पार्टीका उम्मेदवार जिताउन राजीनामा दिएर चुनाव प्रचारमा खटिने बताएको छ ।

चुनावी आचारसंहिता लाग्ने भएकाले मेयरबाट राजीनामा दिएर जिम्मेवारीबाट मुक्त भएका हुन् । यसअघि निर्वाचनमा मेयरमा माओवादीबाट विष्ट र उपमेयरमा काँग्रेसका खड्गबहादुर गोपाली निर्वाचित भएका थिए ।

यस निर्वाचनमा माओवादी र काँग्रेसबीच चुनावी तालमेल छ । माओवादीबाट मेयरमा विष्णु विष्ट र काँग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल बीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए ।

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । उनले भने, ‘निर्वाचन जित्न असहज छैन ।’ भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहेकी छन् । गठबन्धनले आज यहाँ चुनावीसभा आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस