Latest News

अन्ततः जगन्नाथले चितवन पुगेका देउवालाई नभेट्ने, रामचन्द्रसँगको ‘ब्रेकफास्ट’ मै यस्तो भनाभन

Nepalese Times May 5, 2022 (1 Year ago)    1727 Views

काठमाडौं । चितवनको भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेलसँग भेटवार्ता गरेका छन् ।

भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलले उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका हुन् ।

भेटका क्रममा नेता पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका थिए ।

तर उम्मेदवार पौडेलले आफूहरु कुनै पनि हालतमा पछि हट्न नसक्ने जवाफ फर्काएका थिए । पौडेलको सचिवालयका एक सदस्यले नेप्लिज टाइम्सलाई दिएको जानकारी अनुसार पौडेलले बरु माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई निष्कृय बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए ।

पौडेलले भेटलगत्तै प्रतिक्रिया दिँदै आफूहरु नेपाली कांग्रेस जोगाउने अभियानमा रहेकोले केन्द्रबाट जस्तोसुकै दबाब र प्रस्तावहरु आए पनि आफू कुनै पनि हालतमा पछि नहट्ने अडान रादिएको बताए ।

यस्तै जगन्नाथका प्रस्तावक एवम् पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने अडान बताए ।

सापकोटाले पौडेललाई भने– रामचन्द्रजी तपाईंले बारम्बार फोन गर्नुभएकोले सम्मान स्वरुप भेट्न आएका हौं। गठबन्धनका विषयमा हाम्रो विमति छैन । भोलि प्रचण्डलाई सहयोग पनि गरौंला । यसपटक दोहोर्याएर रेणुलाई सहयोग गर्न भने सक्दैनौं।

प्रधानमन्त्री एवम् शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किएका छन् ।

जगन्नाथले अब पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेट्ने भएका छन् । आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेकोले पार्टी सभापतिलाई भेट्ने कार्यक्रम नरहेको र अब आफूसँग भेट्ने समय पनि नरहेको जगन्नाथले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस