Latest News

आज २०७९ साल बैशाख २२ गते बिहीवारको राशिफल हेर्नुहोस्

Nepalese Times May 5, 2022 (1 Year ago)    781 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ, तर मन दुखित पनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मनलाग्ने छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।सन्तान सुख पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ला । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा मन जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस