Latest News

काठमाडौं महानगरवासीलाई सुविधासम्पन्न अस्पताल संचालन गर्ने मेयर उम्मेदवार सिर्जनाको घोषणा

Nepalese Times May 4, 2022 (1 Year ago)    586 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि सिर्जना सिंहले काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौंनै प्रमुख एजेन्डा भएको बताएकी छन्।

शिक्षक संघको महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा महानगरवासीमा सबैलाई शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पु¥याउनेनै मेरो ध्याय रहेको बताइन। शिक्षक पेशा भनेको मानिसलाई असल नागरिक बनाउने पेशा भएकोले अब जनताबाट पनि असल नागरिक निर्वाचित गराउने अभिभारा शिक्षकको रहेको बताए।

आफू मेयर हुँदै गर्दा सार्वजनिक शिक्षाको समस्या समाधान गर्न अभिभावक भएर काम गर्ने प्रतिवद्वता बनाउने बताइन। सामुदायिक शिक्षामा सुधार नगरेसम्म देश बन्दैन, महानगरमा सवैले भर्ना गर्न लायक र पढ्न जाउ जाउ बनाउने छौ,ञ सिंहले भनिन्। काठमाडौंमा सुविधासम्बन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन् ।

‘महानगरमा अस्पताल खोलेर दिनदुः खी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन।

महानगरको आगामी मेयरका रुपमा नेपाली कांग्रेसले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको समेत साझा उम्मेदवार सिंहले काठमाडौं मुलुकको राजधानी पनि भएकोले सफा काठमाडौं बनाउनुको विकल्प नरहेको बताइन। अहिलेको नेतृत्वले फोहोरो समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत बताइन। ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउदाँ नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन्।

‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घरघरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताइन। सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिड्ने वातावरण बनाउने समेत सिंहले बताईन। काठमाडौं भित्र बस्ने सबैप्रति आफू उत्तरदायी हुने समेत बताइन। झयहाँ ७७ जिल्लाबाट आएर बस्नु भएकोछ, कसैप्रति विभेद हुदैन, सवैलाइ समान व्यवहार गर्ने छौ,ञ सिंहले भनिन।

सिंहले ३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्यो निजी क्षेत्रले बनाउन दिने समेत बताईन। यहाँ महानगरको जग्गा व्यापारिक कम्लेक्स बनाएर सकाउने काम भएको बताईन।

नेपाली काँग्रेसका काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँले पार्टी र पेशामा आवद्व रहेका शिक्षकहरुको भूमिका महत्त्वपूर्ण हुने भएकोले महिला नेतृत्व ल्याउन अभियान चलाउन आग्रह गरेका छन्। सवै अग्रजहरुले सिंह जिताउने अभियान अभुतपुर्व ढंगले आगाडि बढाउनु भएकोले पनि जित नजिक रहेको दाबी सभापति बाँनियाले गरेका छन्। बाँनियाले एमालेले अगाडि सारेका मेयर उम्मेदवार केशव स्थापितमा मानसिक विचलन आएको बताएका छन्।

कांग्रेसले महनगरको रुपमा आगाडि सारेका उम्मेद्वार सिर्जना सिंहसँग शिक्षक संघको महानगर समितिले आयोजना गरेको कार्यक्रममा बाँनियाले केशव स्थापित विगतमा मेयर भएपनि अहिले मानसिक विचलन देखिएको बताए।

नेपाली काँग्रेसका काठमाडौं महानगर सभापति निलकाजी साक्यले शिक्षकनै राजनीति गोरेटो देखाउने पहरेदार भएकोले शिक्षकले सोही अनुसार लाग्नुपर्ने बताए। राजनीति लडाइँमा सिंहको भूमिका ठुलो भएकोले काँग्रेसले सोही अनुसार उम्मेदवार दिएकोले हार्ने छुट नरहेको बताए।

प्रतिक्रिया दिनुहोस